मानुषी लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
यस कम्पनीको आईपीओ छिटो अवधि आज साउन ३१ गते अन्तिम दिन रहेको जनाइएको छ ।
गत साउन २७ गतेबाट खुल्ला भएको उक्त लघुवित्तको आइपीओ मागभन्दा बढी आवेदन परिसकेको कम्पनीले जनाएको छ ।
कम्पनीको आइपीओमा शुक्रवार साँझ ५ः ३० बजेसम्म १८ लाख ५६ हजार ५५० जना आवेदकहरुले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरीदको आवेदन परेको हो ।
कम्पनीले ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याएको हो ।



