माओवादी स्थायी समिति बैठक जारी

तु खबर संवाददाता
२०७८ श्रावण ३१, आईतवार ०९:३४

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक जारी छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकमा नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल भइरहेको छ ।

स्थायी समिति लगत्तै केन्द्रीय कमिटी बैठक बस्नेछ ।

शनिबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा आज छलफल हुँदैछ ।