सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ आज बाँडफाँड हुँदै

तु खबर संवाददाता
२०७८ श्रावण ३०, शनिबार १०:१४

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आइपीओ) आज बाँडफाँड हुने भएको छ।

आइपीओ आज बिहान ११ बजे सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको दरबारमार्गस्थित कार्यालयमा बाँडफाँड हुने भएको प्रभु क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीले निष्काशन गरिएको ६० लाख कित्तामध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन ल्याएको थियो ।

सानिमा लाइफ इन्स्योरेन्सले गत साउन २० गतेदेखि साउन २४ गतेसम्म आइपीओ निष्काशन खुल्ला गरेको थियो ।