मनहरीका सबै वडामा नेकपा माओवादीको कमिटी गठन

तु खबर संवाददाता
२०७८ श्रावण ३०, शनिबार ०८:५२

मकवानपुर । नेकपा माओवादी केन्द्रले मकवानपुरको मनहरी गाउँपालिकाका विभिन्न वडाहरुमा कमिटी गठन गरेको छ ।

माओवादी केन्द्रले मनहरी गाउँपालिकाका ९ वटै वडामा कमिटी गठन गरेको माओबादी केन्द्र मनहरीका इन्चार्ज राजकुमार पाख्रिने जानकारी दिए ।

उनका अनुसार, नेकपा माओबादी केन्द्रको केन्द्रिय बैठकमा भएको निर्णय आनुसार विभिन्न वडाहरुमा कमिटी गठन गरिएको हो ।

नेकपा माओवादीले मनहरी–१ मा शिसुकुमारी जिम्बा संयोजकत्वमा, मनहरी–२ मा राजकुमार स्याङ्बोको संयोजकत्वमा, मनहरी–३ न मा विदुर खड्काको संयोजकत्वमा, मनहरी–४ मा श्री कृण ढकालको संयोजकत्वमा र मनहरी–५ मा कृष्ण प्रसाद रिजालको संयोजकत्वमा कमिटी गठन गरिएको जनाएको छ ।

यसैगरी, मनहरी–६ मा डम्बार बहदुर मोक्तानको संयोजकत्वमा, मनहरी–७ मा गोविन्द घलानको संयोजकत्वमा, मनहरी–८ मा हरी प्रसाद कालाखेतीको संयोजकत्वमा र मनहरी–९ मा सोलाल गोलेको संयोजकतवमा कमिटी गठन गरिएको इन्चार्ज पाख्रिनले जानकारी दिए ।