बिहिबार सुनको भाउ बढ्यो, प्रतितोला कति पुग्यो ?

तु खबर संवाददाता
२०७८ श्रावण २८, बिहीबार १४:५४

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला ६०० रुपैयाँले बढेको जनाएको छ ।

भाउ बढेसँगै बिहिबार छापावाला सुन प्रतितोला ८९ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार तोलामा ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बिहीबार तेजाबी सुन तोलामा ८८ हजार ९५० रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार तोलामा १ हजार १९० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।