हेटौंडा उपमहानगरपालिकाको कृषि अनुदानमा साढे २ करोड खर्च

पत्रपत्रिका
२०७८ श्रावण २८, बिहीबार ०७:५१

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रका किसानका लागि एक वर्षको अवधिमा महत्वपूर्ण काम भएको छ । नगर क्षेत्रमा गत आर्थिक वर्ष २०७७/०७८ मा कुल २ करोड ३० लाख ५२ हजार रुपैयाँ कृषि क्षेत्रमा मात्र खर्च गरिएको उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले जानकारी दिए ।

कृषि क्षेत्रमा विभिन्न प्रविधिको अनुदानसंगै बिउ वितरण, किसानका लागि तालिम, उन्नत बिउ वितरण, कृषि फार्म प्रवर्द्धन कार्यक्रम, करेसा बारी, कौसी खेतीजस्ता कार्यक्रम सम्पन्न गरिएको मेयर महतले बताए ।

हेटौंडाका किसानका खेत, बारी जानका लागि सहज होस् भनेर ट्याक्टर, २ वटा मिनी दिलर वितरण, बाख्राको साना व्यावसायीक कृषि उत्पादन, पकेट केन्द्र विकास कार्यक्रम, स्थानीय क्षेत्रमा मोवाइल माटो ल्याब स्थापना गरेर परीक्षण गर्न सुरु गरिएको मेयर महतले बताए ।

हेटौंडाका १९ वटै वडाका किसानले गरेको मागका आधारमा कृषि चुन वितरण, नमुना कृषि उत्पादन कार्यक्रम, कागती, आँप, लिच्चीका पाँच हजार विरुवा वितरण, कृषि बजार पूर्वाधार तथा बजारीकरण कार्यक्रम, कोभिड प्रभावित किसानका लागि विभिन्न जातका तरकारीका बिउ वितरण, गहुँ, मकै, धानको बिउ वितरण गरिएको छ ।

यसैगरी, ६ सय ६५ थान व्याग, बिउ भण्डार किरण, सामाग्री ढुवानी, कृषि इन्जिनियरिङ प्रबर्द्धन अनुदान, टनेल हाउस खेती, स्थानीय तहमा मिनि डिजिटल माटो ल्याब स्थापना, खाद्य पोषण सुरक्षाबा टेवा पुर्याउने बाली कृषि उत्पादन केन्द्र विकास लगायतका कार्यक्रम गरिएको पालिकाका आर्थिक विकास महाशाखाका प्रमुख गंगा चौलागाईले जानकारी गराईन् । यो समाचार हेटौंडा सन्देश दैनिकमा समाचार छ ।