मकवानपुरमा थप ७२ जना भए संक्रमणमुक्त, दुई जनाको मृत्यु
मकवानपुर । मकवानपुरमा आज थप ७२ जना कोरोनाभाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होमआइसालेशन तथा संस्थागत आइसोलेशनमा रहेका ७२ जना संक्रमणमुक्त भएको जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
जनस्वास्थ्य कार्यालयका अनुसार, संक्रमणमुक्त हुनेमा हेटौंडा उपमहानगरपालिकाका ५० जना, थाहानगरपालिकाका ६ जना, मकवानपुरगढी गाउँपालिकाका २ जना, कैलाश, राक्सिराङ र मनहरी गाउँपालिका एक÷एक जना, इन्द्रसरोवर र बकैया गाउँपालिकाका ३÷३ जना, भीमफेदी गाउँपालिकाका ५रहेका छन् । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या १२ हनार ९ सय ७ जना पुगेको छ ।
त्यस्तै, जिल्लामा आज थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज १३९ जनाको पीसीआर र एन्टीजेन परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका तथ्याङ्क अनुसार ११७ जनाको पीसीआर परीक्षण गर्दा ४९ जनामा र २२ जनाको एन्टिजेन परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको हो । आजको कोरोना संक्रमित दर ३८ प्रतिशत रहेको छ । यससँगै जिल्लामा हालसम्म कोरोना संक्रमितको कूल संख्या १३ हजार ७ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी जिल्लामा हालसम्म कोरोनाभाइर (कोभिड–१९) संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १५२ जना पुगको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप दुई जना कोरोना संक्रमितको मृत्यु भएसँगै मृतकको कूल संख्या १५२ जना पुगेको हो । पछिल्लो २४ घण्टामा हेटौंडा उपमहानगरपालिकाका एक जना र भीमफेदी गाउँपालिकाका एक जना गरी थप दुई जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय जनाएको छ ।
