दुर्घटना हुँदा युवकको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २७, बुधबार १५:२९

लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै आज (बुधबार) बिहान ट्याक्टर दुर्घटना हुँदा युवकको मृत्यु भएको छ ।

नम्बर मेटिसकेका ट्याक्टर आफै अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार,यादव ट्याक्टर मजदुरको रुपमा काम गर्ने बताइएको छ ।

ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्याक्टरका चालक र ट्याक्टर धनी फरार रहेकाले उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।