आजदेखि मानुषी लघुवित्तको आइपीओ बिक्री खुल्ला

तु खबर संवाददाता
२०७८ श्रावण २७, बुधबार ०९:२८
file-photo

काठमाडौं । आजदेखि मानुषी लघुवित्तको आइपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ ।

लघुवित्तले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारीको लागि, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणको लागि बिक्री गरिने जनाएको छ ।

कम्पनीको आइपीओमा छिटोमा साउन ३१ गतेसम्म र सो अवधिसम्म बिक्री नभएको खण्डामा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । इच्छुक आवेदकले आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।