अखिल क्रान्तिकारी हेटौंडा नगर अध्यक्षमा छत्कुली

तु खबर संवाददाता
२०७८ श्रावण २७, बुधबार ०७:३६

मकवानपुर । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी हेटौंडा उपमहानगरपालिका कमिटीमा नयाँ नेतृत्व चयन भएको छ । हेटौंडामा भएको प्रथम नगर सम्मेलनले झलक छत्कुलीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।

सम्मेलनले कमिटीको उपाध्यक्षमा मञ्जिता राई, सचिवमा शक्ति न्यौपाने, सहसचिवमा सदिम श्रेष्ठ र कोषाध्यक्षमा विजन लटौललाई चयन गरेको छ ।

यस्तै नयाँ नेतृत्वको सदस्यमा सुजन सिलवाल, विप्लव बतौंला, प्रयास दंगाल, प्रमिता गौतम, सागर लामिछाने, जिसन शर्मा, पविनकुमार महत्तो, सायना दाहाल, रिदिना श्रेष्ठ, अविरल रिजाल, गौरव बोहोरा, सविना भुजेल मगर, दिना चौलगाईं, विश्वास झा, कृष्ण क्षेत्री चयन भएका छन् ।

अखिल क्रान्तिकारी नगर कमिटीका अध्यक्ष संग्राम बल लामाको अध्यक्षता तथा माओवादी केन्द्र मकवानपुरकी सचिवालय सदस्य श्रद्धा लामाको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा अखिल क्रान्तिकारी मकवानपुरको स्वयमसेवक संयोजक बुद्धराज अर्याल, मनहरी गाउँपालिका विभाग प्रमुख राजेन्द्रकुमार मोक्तान, प्रचार विभाग संयोजक मोहनचन्द्र चौलागाईं, भीमफेदी गाउँपालिका विभाग प्रमुख छोइसिङ लामालगायतकोे आतिथ्यता रहेको थियो ।