दक्षिण चीनमा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु

एजेन्सी
२०७८ श्रावण २६, मंगलवार १८:१५
सांकेतिक तस्वीर

काठमाडौं । दक्षिण चीनको गाङ्सी झुआङको बिहाई नगरको तटीय इलाकामा डुङ्गा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार माछा मार्न प्रयोग गरिएको उक्त डुङ्गा माछा मारेर फर्कने क्रममा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा परी अन्य १३ जना घाइते भएका छन् । घाइतेहरुलाई स्थानीय अस्पतालमा भर्ना गरिएको जनाएको छ ।

डुंगामा ६१ जना सवार रहेका थिए । ज्यान जोगाउन समुद्रमा हाम फालेका अन्य व्यक्तिलाई सकुशल उद्धार गरिएको थियो ।

डुङ्गामै सवार डुङ्गाका मालिकलाई भने स्थानीय प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

उक्त दुर्घटनाका बारेमा स्थानीय प्रशासनले छानबिन शुरु गरेको छ ।