आइतबार सुनको भाउ घट्यो, प्रतितोला कति पुग्यो ?

तु खबर संवाददाता
२०७८ श्रावण २४, आईतवार १२:४८

काठमाडौं । आज साताको पहिलो दिन आइतबार नेपाली बजारको सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ प्रतितोला एक हजार पाँच सय रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै आज नेपाली बजारमा छापावाल सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजावी सुनको पनि भाउ घटेको छ । आज तेजावी सुन प्रतितोला एक हजार ४५० रुपैयाँल घटेको हो । भाउ घटेसँगै आज तेजाबी सुन प्रतितोला ८९ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार तेजावी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोकार भएको महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला २५ रुपैयाँले घटेको छ । भाउ घटेसँगै आज चाँदी प्रतितोला एक हजार दुई सय ४० रुपैयाँमा काराबोर भइरहेको छ । शुक्रबार एक हजार २६५ रुपैयाँ चाँदीको कारोबार भएको महासंघले जनाएको छ ।