सानिमा लाइफको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
साउन २० गतेबाट निष्काशन तथा विक्री खुला गरेको उक्त कम्पनीले आईपीओ दिने आज अन्तिम दिन रहेको जनाएको छ ।
कम्पनीले निष्काशन गरेको आइपीओमा शुक्रबार साझसम्म १९ लाख १८ हजार भन्दा धेरैको आवेदन परेको थियो । उक्त आइपीओमा तेस्रो दिनममा ५.५५ गुणा बढिले ओभर सब्सक्राइव भएको छ । धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार आज २ करोड ९९ लाख ८३ हजार भन्दा धेरै कित्ताका लागि आवेदन परेको हो ।
कम्पनीले एक सय रुपैयाँ अंकति दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ । र बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।
उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।



