ट्याङ्करको ठक्करबाट गिरीको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २४, आईतवार १२:१३

सप्तरी । सप्तरीमा ट्याङ्करले ठक्कर दिंदा एक जना वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको कोतबाल गाउँपालिका ३ बस्ने ६५ वर्षीया मलादेवी गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका–६ कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख २४४१ नम्बरको ट्याङ्करले ठक्कर दिंदा उनी गम्भीर घाइते भएका थिए ।

ठक्करले गम्भीर घाइते भएकी उनलाई उपचारका लागि युनिक अस्पताल रायपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेको सप्तरी प्रहरीले जनाएको छ ।

गिरी गाउँका व्यक्तिसहित सुनसरीको चतराबाट दर्शन गरी ना ४ ख २८०० नम्बरको बसमा फर्किरहेको बेला कठौनामा शनिबार राति ८ बजे खाजा खान रोकिएको थियो । बस रोकिएपछि ओर्लेर बाटो काट्ने क्रममा ट्याङ्करले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

चालकलाई ट्याङ्करलाई नियन्त्रणमा लिई उक्त घटनाको विषयमा आवश्यक अनुन्धन भइरहेको जनाएको छ ।