सामलिङ पावरको आईपिओ निष्काशन स्थगित

तु खबर संवाददाता
२०७८ श्रावण २२, शुक्रबार ०९:०२
file-photo

काठमाडौं । सामलिङ पावरले आयोजना प्रभावित जनताको लागि खुल्ला गरेको आईपिओ निष्काशन स्थगित गर्ने निर्णय गरेको छ ।

आयोजनास्थल इलाममा साउन १८ गतेदेखि २५ गतेसम्म निषेधाज्ञा जारी गरेका कारण आजदेखि सामलिङ पावरले आईपिओ निष्काशन स्थगित गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, उक्त आईपिओ अर्को सूचना नआएसम्मको लागि स्थगन गरिएको हो ।

सामलिङ पावर कम्पनीले पहिलो चरणमा स्थानियलाई ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता शेयर विक्री गर्न लागेको छ ।

कम्पनीले असार ३१ गते नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि १२ करोड ३० लाख रुपैयाँ बराबरको १२ लाख ३० हजार कित्ता आइपीओ निष्काशन गर्न अनुमति पाएको थियो ।

जसअनुसार कम्पनीले पहिलो चरणमा उक्त कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गर्ने सूचना जारी गरेकोमा हिजो पुनः अर्को सूचनाद्वारा आईपिओ स्थगित गरिएको हो ।