नेपाल पक्षीय केन्द्रीय समिति बैठकमा ७० जना भन्दाबढी सहभागी

तु खबर संवाददाता
२०७८ श्रावण २१, बिहीबार १५:०४
file-photo

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय समितिको बैठकमा ७० जनाभन्दा बढी सदस्यहरुले सहभागी भएको दाबी गरेको ।

आज अपराह्नमा बसेको केन्द्रीय सदस्यको बैठकमा ७० जना बढी केन्द्रीय सदस्य भौतिक रुपमै सहभागी भएको नेपाल पक्षको सचिवालयले जनाएको छ ।

यस्तै  बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बसेको बैठकमा १५ जनाले लिखित रुपमा बैठकलाई सुझाव दिएको सचिवालयको दावी छ ।

आफ्नो पक्षको धारणा तयार गर्न नेपाल पक्षको केन्द्रीय समितिको बैठक राजधानीमा जारी छ ।

केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो । स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको बताइएको छ ।

आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने एमाले नेताहरुको भनाइ छ ।