दुर्घटनामा ट्याक्टर चालकको मृत्यु

तु खबर संवाददाता
२०७८ श्रावण २१, बिहीबार ०८:२२

गुल्मी । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रुरुक्षेत्र गाउँपालिका वडा नम्वर ५ निवासी ३३ वर्षीय दीपक माझी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रही कार्यालय गुल्मीका अनुसार, बुधबार राति जिल्लाको सत्यवति गाउँपालिका वडा नम्बर ६ तल्लो हटियामा लु ३ त ३९९ नम्बरको ट्याक्टर दुर्घटना भएको थियो ।

सत्यवतिको हटियास्थित जुनियाबाट खैरेनीतर्फ आउँदै गरेको उक्त ट्याक्टर दुर्घटनामा परेर माझीको मृत्यु भएको प्रहीले जनाएको छ ।

दुर्घटनामा परेको ट्याक्टरका सहचालक समान्य घाइते भएको प्रहरीले जनाएको छ ।