सानिमा लाइफको आइपीओ कति कित्ता भर्ने ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट प्राथमिक शेयर आइपीओ निष्काशन खुला गरेको छ ।
रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ कम्पनीले निष्काशन तथा विक्री गर्न लागेको हो ।
६० लाख कित्तामध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको जनाइएको छ ।
बाँकि ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ ।उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।
उक्त आईपिओमा मागभन्दा कैयौं गुणा बढि आवेदन पर्ने हुँदा १० कित्ता भन्दा बढि आवेदन दिन नपर्ने भएको छ । आवेदकले कम्पनीको आईपीओमा छिटोमा साउन २४ गते बैंकिङ समयसम्म आवेदन गर्न सक्नेछन् ।
सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।



