सानिमा लाइफको आइपीओ आजदेखि बिक्रीमा

तु खबर संवाददाता
२०७८ श्रावण २०, बुधबार १०:२५

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले आजबाट प्राथमिक शेयर (आइपीओ) निष्काशन खुल्ला गरेको छ ।

कम्पनीले रु १०० अंकित दरमा ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आइपीओ निष्काशन तथा विक्री गर्न लागेको हो । जसमध्ये कम्पनीले ३ लाख कित्ता अर्थात ५ प्रतिशत कर्मचारी र ३ लाख कित्ता अर्थात ५ प्रतिशत नै सामुहकि लगानी कोषका लागि सुरक्षित गरिएको छ ।

बाँकी ५४ लाख कित्ता सर्वसाधरणका लागि छुटाइएको छ । उक्त आइपीओमा न्युनतम १० किताका लागि आवेदन दिन सकिनेछ भने अधिकतम ३० हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ ।

आवेदकले कम्पनीको आईपीओमा छिटोमा साउन २४ गते बैंकिङ समयसम्म आवेदन गर्न सक्नेछन् । सो समय अवधिमा विक्री नभएमा आवेदकले भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।