मंगलबार सुनको मूल्य स्थिर
काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर भएको छ । गत सोमबार प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार समेत सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै, आज तेजाबी सुनको मूल्य समेत आज गत सोमबारकै ९१ हजार ८०० रुपैयाँ कायम भएको छ ।
तर, आज चाँदीको मूल्य भने केही दिनयताको स्थिरता तोड्दै मंगलबार प्रतितोला १० रुपैयाँले घटेरको छ भाउ घटेसँगै मंगलबार चाँदी प्रतितोला एक हजार २७५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।
