मकवानपुरगढी–५ मा आजबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता सुरु

तु खबर संवाददाता
२०७८ श्रावण १८, सोमबार १७:२८
file-photo

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा आजबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सुरु भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको राष्ट्रिय परिचयपत्र अभियान अन्तरगत मकवापनुरगढीमा आजबाट राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अभियान सुरु गरेको हो ।

मकवानपुरगढी–५ वडा कार्यालय धादिङमा आजबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता अभियान सुरु भएको हो । उक्त अभियान आजदेखि १० दिनसम्म संचालन हुने वडाध्यक्ष जितबहादुर घिमि।रेले जानकारी दिए ।

उनका अनुसार, राष्ट्रिय परिचयपत्रका लागि १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नाम थर, जन्म मिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्नेछ । यस्तै फारममा औँलाछाप, आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर पनि उपलब्ध गराउनु पर्नेछ ।