आजदेखि दोस्रो बजारमा यूनियन लाइफको शेयर कारोबार खुल्ने
काठमाडौं । आजबाट यूनियन लाइफ इन्स्योरेन्सको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै कम्पनीको शेयर कारोबार खुल्ने भएको हो ।
नेप्सेमा हिजो कम्पनीको २ करोड १५ लाख कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ११५ रुपैयाँ १३ पैसादेखि र अधिकतम ३४५ रुपैयाँ ३९ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।
अब बजार खुल्ने अवधिबाट दोस्रो बजारमा कारोबार सुरू हुनेछ ।



