आज झिनो अंकले बढ्दो नेप्से

तु खबर संवाददाता
२०७८ श्रावण १७, आईतवार १६:१९

काठमाडौं । आज साताको पहिलो दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक १ दशमलव २६ अंकले बृद्धि भई ३ हजार ८१ दशमवल ०७ विन्दुमा कायम भएको छ ।

आज २२६ कम्पनीको ३ करोड ३ लाख ४२ हजार ३५२ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब १० करोड ३८ लाख ७१ हजार ८६१ रुपैयाँको कारोबार भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये ७ समूह बाहेका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक व्यापार समूहमा ७० दशमलव ६५ अंकले बृद्धि भएको छ ।

साथै आइतबार सर्वाधिक कारोबार हुने कम्पनीमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ । कम्पनीको आज ३६ करोड ६ लाख ५३ हजार ७५१ रुपैयाँको कारोबार भएको हो । त्यस्तै, आज ६ कम्पनीको शेयरमा सर्किट लागेको छ ।