मकवानपुरमा शनिबार थप ५६ जना कोरोना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ श्रावण १६, शनिबार १६:०९
filr-photo

मकवानपुर । मकवानपुरमा आज थप ५६ जना कोरोना भाइरस (कोभिड–१९) संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना संक्रमण पुष्टि भई होम आइसोलेशन तथा संस्थागत आइसोलेशनमा रहेको ५६ जना आज संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

कोरोनामुक्त हुनेहरुमा हेटौँडा उपमहानगरपालिकाका ३० जना, थाहानगरपालिकाका ९ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना, मनहरी गाउँपालिकाका १० जना, भीमफेदी, राक्सिराङ र बकैया गाउँपालिकाका १/१ जना रहेका छन् । यससँगै जिल्लामा संक्रमणमुक्त हुनेको कूल संख्या १२ हजार १ सय ५६ जना पुगेको स्वास्थय कार्यालय मकवानपुरले जनाएको छ ।

यस्तै, जिल्लामा आज २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज ६८ जनाको एन्टीजेन परीक्षण गर्दा २८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यँलयले जनाएको छ । आज एन्टीजेन विधिबाट मात्र गरिएको कोरोना परीक्षणमा ४१ प्रतिशतमा कोरोना पुष्टि भएको हो ।

यसैगरी जिल्लामा पछिल्लो २४ घण्टामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । यससँगै जिल्लामा संक्रमणका कारण मृत्यु हुनेको कूल संख्या १४३ जना पुगेको छ ।