सभामुख र गृहमन्त्रीबीच छलफल
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणबीच छलफल भएको छ ।
सभामुख सापकोटा गृहमन्त्री खाँणबीच बिहिबार सिंहदरबारस्थित सभामुख सापकोटाको कार्यकक्षमा छलफल भएको हो ।
उनीहरुबीच संसदको चालु अधिवेशनमा विधेयकहरु अघि बढाउने विषयमा छलफल भएको बताइएको छ ।
सभामुख सापकोटा र मन्त्री खाँणबीच यसवर्ष बाढी पहिरोका कारण देशभर उत्पन्न विपत्ति र व्यवस्थापकका सन्दर्भमा सरकारी तयारीबारे पनि छलफल भएको छ ।
सभामुख सापकोटाको जिज्ञासामा मन्त्री खाँणले विपद् संकटग्रस्त क्षेत्र घोषित सिन्धुपाल्चोक जिल्लामा राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको छुट्टै युनिट बनाएर विस्थापितहरुको पुनःस्थापनाको कार्य अघि बढाउने जानकारी दिएको सभामुख सापकोटाको सचिवालयले जनाएको छ ।
