मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ निष्काशन आजबाट खुल्ला
काठमाडौं । मैलुङ खोला जदविद्युत कम्पनी लिमिटेडको आइपिओ निष्काशन तथा बिक्री आजबाट खुल्ला भएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ७ करोड ३६ लाख २८ हजार ६ सय रूपैयाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६ कित्ता आईपीओ निष्कासन तथा बिक्री आजबाट खुल्ला गरेको हो ।
निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएको छ भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपिओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ ।
उक्त कम्पनीको आईपिओमा आज साउन १४ गतेदेखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आवेदन दिन सकिने जनाएको छ ।



