आज नेप्सेको परिसूचक १५ अंकले बढ्यो
काठमाडौं । आज नेप्से परिसूचक १५ अंकले बढेको छ ।
नेप्से परिसूचक १५ दशमलव ३० अंकले बृद्धि भई ३०९४.९५ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार, बुधबार २१९ कम्पनीको २ करोड ८१ लाख ७० हजार १७२ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँको कारोबार भएको छ ।
नेप्से समूहमा रहेको १३ उपसूचकमध्ये ४ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ ।
आज सर्वाधिक निर्जीबन बीमा समूहमा ४४९.५६ अंकले बृद्धि भएको छ ।



