यी हुन आज सर्वाधिक कारोबार हुने कम्पनी
काठमाडौं । आज दिनभरिमा २२५ वटा कम्पनीको ३ करोड २३ लाख ५५ हजार २६० कित्ता शेयर किनबेच हुँदा १५ अर्ब १७ करोड ६ लाख ५१ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै कारोबार हुने कम्पनीमा एनआइसी एशिया बैंक रहेको छ । बैंकको ४९ करोड १५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, अपी पावर कम्पनीको ४८ करोड ३२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
यूनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ३६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
सानिमा माइ हाइड्रोपावर कम्पनीको ५३ करोड २८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।




