सानिमा लाइफ इन्स्योरेन्सको आईपिओ साउन २० गतेदेखि खुल्ला हुने

तु खबर संवाददाता
२०७८ श्रावण १२, मंगलवार ०९:०८

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर (आईपिओ) आगामी साउन २० गतदेखि आवेदन खुल्ला गर्ने भएको छ ।

आज प्रकाशित सूचना अनुसार, कम्पनीले उक्त आइपीओ साउन २० गतेदेखि २४ गतेसम्म आवेदन खुल्ला हुनेछ । कम्पनीले दुई अर्ब जारी पुँजिको ३० प्रतिशत आईपिओ जारी गर्न लागेको हो ।

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको कुल ६० लाख कित्ता आईपिओ मध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र थप ५ प्रतिशत अर्थात तीन लाख कित्ता सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहेको ५४ लाख कित्ता शेयर आवेदन दिएका सर्वसाधारणको लागि वितरण गरिने कम्पनीले जनाएको छ ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडका कृष्ण गिरीका अनुसार सर्वसाधारणहरुले मेरो शेयरको वेभसाइट तथा एप र सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा गएर आईपिओ भर्न सक्नेछन् । तर, आईपिओ भर्न डिम्याट खाता भने अनिवार्य रुपमा आवश्यक पर्नेछ ।

सानिमा लाइफको आइपीओमा न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।