यी हुन आज सर्वाधिक कारोबार भएका कम्पनीहरु

तु खबर संवाददाता
२०७८ श्रावण ११,सोमबार १६:५४
file-photo

काठमाडौं । आज साताको दोस्रो दिन २२३ कम्पनीको ३ करोड ७० लाख ६१ हजार ४४७ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ९७ लाख ८५ हजार ४३१ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीमा ङादी गु्रप पावर रहेको छ । सो कम्पनीको आज ३९ करोड ३० लाख ३७ हजार ८३२ रुपैयाँको कारोबार भएको हो ।

यसैगरी सर्वाधिक कारोबार हुने कम्पनीहरुमा हिमालयन डिस्टिलरी लिमिटेड, एनआईसी एशिया बैंक, एग्रिकल्चर डेभलपमेन्ट बैंक र नेपाल बैंक लिमिटेड रहेका छन् ।

आज हिमालयन डिस्टिलरी लिमिटेडको ३३ करोड ५६ लाख, एनआईसी एशिया बैंकको ३३ करोड ४१ लाख, एग्रिकल्चर डेभलपमेन्ट बैंकको ३२ करोड ८५ लाख र नेपाल बैंक लिमिटेडको ३२ करोड ३१ लाख भन्दा बढिको कारोबार भएको हो ।