चीनबाट नेपाल आइपुग्यो आठ लाख डोज भेरोसेल खोप

तु खबर संवाददाता
२०७८ श्रावण ७,बिहीबार १७:२५
file-photo

काठमाडौं । चीनबाट आज कोरोना भाइरसविरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको छ । सरकारले खरिद गरेको खोप बेइजिङबाट आज दिउसो काठमाडौं ल्याइएको हो।

बुधबार बेइजिङ गएको नेपाल एयरलाइन्सको जहाज आज दिउसो साढे २ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो।

यसअघि असार २५ गते पनि नेपाल एयरलाइन्सको जहाजले आठ लाख डोज खोप ल्याएकोे थियो।

खोप ल्याएर जहाज आज पुनः थप खोप ल्याउन जहाज बेइजिङ जाने कार्यतालिका रहेको छ । यससँगै साउन ९ गते चौथो खेपका लागि एयरलाइन्सको जहाज चीन जानेछ।