नेपाली कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने

तु खबर संवाददाता
२०७८ श्रावण ७, बिहीबार १६:४२

काठमाडौं । नेपाली कांग्रेसले बालुवाटारमा पार्टीको बैठक नराख्ने भएको छ ।

कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नराख्ने बताएका हुन् ।

उनले पार्टीको बैठक सरकारी निवासमा गर्ने विगतको गलत परम्परा तोड्ने बताए ।

उनले बिहीबार दिउँसो ट्विटरमा लेखेका छन्, ‘विगतको गलत गलत परम्परालाई तोड्दै अबदेखि नेपाली काँग्रेस पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगरिने ।’

महामन्त्री खड्काले कांग्रेसको पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बैठक भोलि साउन ८ गतेप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्ने जानकारी दिए ।