मकवानपुरका आज ६० जना संक्रमणमुक्त

तु खबर संवाददाता
२०७८ श्रावण ७, बिहीबार १५:४८
filr-photo

मकवानपुर । मकवानपुरमा आज ६० जना कोरोना संक्रमणमुक्त भएका छन् । विभिन्न मितिमा कोरोना पुष्टि भई होमआइसोलेशन र संस्थागत आइसोलेशनमा बसेका ६० जना कोरोना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, आज होम आइसोलेशनमा बसेका ५४ जना र संस्थागत आइसोलेशनमा बसेका ६ जना संक्रमणमुक्त भएका हुन् ।

संक्रमणमुक्त हुनेमा सबैभन्दा धेरै हेटौँडा उपमहानगरपालिकाका रहेका छन् । त्यहाँ आज २७ जना कोरोना संक्रमणमुक्त भएका हुन् ।

यसैगरी संक्रमणमुक्त हुनेमा थाहानगरपालिकाका १८ जना, मकवानपुरगढी गाउँपालिकाका ४ जना र मनहरी गाउँपालिकाका ११ जना रहेका छन् ।

यससँगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कूल संख्या ११ हजार ५ सय ९२ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।