मध्य भोटेकोशी जलविद्युत कम्पनीले जारी गर्यो आइपीओ
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीले फेरि आइपीओ जारी गरेको छ ।
आयोजना प्रभावित र सिन्धुलाल्चोक जिल्लाका वासिन्दाका लागि बैशाख २१ गतेबाट ६० लाख कित्ता आइपीओ निष्काशन गरिएको हो ।
कोरोनाको संक्रमण उच्च भएको भन्दै समयअगावै बन्द गरिएको थियो । जसका लागि कम्पनीले अहिले पुनः आईपीओ निष्कासन गरेको हो ।
आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नम्बर १ र ५ (साविक लिस्ती गाविस र साविक मार्मिङ गाविस) बाह्रबिसे नगरपालिका वडा नं ५,६,७,र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ३० प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर निष्कासन गरेको हो ।
योसँगै कम्पनीले सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाका लागि ७० प्रतिशतले हुन आउने ४२ लाख कित्ता साधारण शेयर पनि निष्कासन गरेको छ ।



