सानिमा लाइफसहित ४ कम्पनीको आइपीओलाई धितोपत्र बोर्डको अनुमति
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडसहित ४ कम्पनीको आइपीओले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेको छ ।
सानिमा लाइफ इन्स्योरेन्सको ६० लाख कित्ता प्राथमिक शेयरसहित अन्य ४ कम्पनीको ८३ लाख ६० हजार ३६ कित्ता आइपीओले बोर्डबाट स्वीकृति प्राप्त गरेको हो ।
बोर्डका अनुसार मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड ७ लाख ३६ हजार २ सय ८६ कित्ता, मानुषी लघुवित्त संस्था लिमिटेडले ३ लाख ९३ हजार ७ सय ५० कित्ता र साम्लीङ पावर कम्पनीले १२ लाख ३० हजार कित्ता प्राथमिक शेयर निश्काषनको लागि अनुमति पाएको हो ।
अनुमति पाएका कम्पनीहरुले आलोपालो रुपमा आइपीओ जारी गर्ने तयारी भइरहेको बुझिएको छ ।



