लागु औषधसहित २ जनालाई पक्राउ

तु खबर संवाददाता
२०७८ श्रावण २, शनिबार १६:४३

काठमाडौं । नागढुंगाबाट प्रहरीले लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । शनिबार बिहान प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका वडा नम्वर ८ बस्ने २६ वर्षीय अर्जुनकुमार सरकार र सर्लाही ईश्वरपुर नगरपालिका वडा नम्वर ४ बस्ने २१ वर्षीय मनिष माझी रहेका छन् ।

सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ५ ख ६५९९ नम्बरको बसलाई महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई पक्राउ गरिएको हो । उनीहरुबाट नियन्त्रित लागूऔषध डाईजेपाम १७ एम्पुल, नुर्फिन १७ एम्पुल, फेनारगन १७ एम्पुल र नाईट्राभेट ४४ ट्याब्लेट बरामद गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*