आजदेखि आईआरएमआईएस सफ्टवयर लागू हुँदै

तु खबर संवाददाता
२०७८ श्रावण १, शुक्रबार १०:१८

काठमाडौं । बीमा समितिले अनलाईनमा आधारित बीमा नियमाकीय व्यवस्थापन सूचना प्रणाली (आईआरएमआईएस) आजदेखि लागू गर्ने भएको छ ।

आज विहान ११ बजे औपचारिक रुपमा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ सफ्टवयरको उद्घाटन गर्ने कार्यक्रम तय भएको बीमा समिति स्रोतले जनाएको छ ।

२०७६ साल फागुनमा अघि बढाइएको उक्त परियोजना अन्तर्गत अत्याधुनिक सफ्टवयर तयार भएपछि आजदेखि बीमा समिति र बीमा कम्पनीहरु एउटै सञ्जालमा जोडिन लागेका हुन् ।

अनलाईनमा आधारित सो प्रणाली सञ्चालनमा आएपछि बीमा समिति कम्पनीहरुमा पुगेर फाइल माग्नुपर्ने अवस्थाको अन्त्य हुने विश्वास गरिएको छ । बीमा कम्पनीहरुले अनलाईनबाटै विवरणहरु समिति समक्ष पुर्याउनेछन् भने बीमा समितिले पनि गलत गर्ने कम्पनीमाथि गैर–स्थलगत कारवाही गर्न सम्भव हुने नयाँ सफ्टवयर आजदेखि लागू गर्न लागिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*