युनियन लाइफको आईपिओ खुल्यो, सर्वसाधारणलाई ५८ लाख पाँच हजार कित्ता
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि सर्वसाधारणको लागि आईपिओ जारी गर्दैछ ।
प्रतिकित्ता १०० रुपैयाँ अंकित कूल ६४ लाख ५० हजार कित्ता आईपिओ निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ । कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्टाएर सर्वसाधारणलाई जम्मा ५८ लाख पाँच हजार कित्ता शेयर वितरण गरिने छ ।
छिटोमा असार २८ गते बन्द हुने आईपिओमा पाँच दिनसम्म आवेदन दिन पाइनेछ । कम्पनीका अनुसार न्यूनतम् १० कित्ता देखि अधिकतम् ३२ हजार २५० कित्तासम्म आवेदन दिने सकिने छ ।
आईपिओ बाँडफाँड सम्बन्धी नियम अनुसार न्यूनतम् १० कित्ताका दरले बाँडफाँड गर्दा पाँच लाख ८० हजार ५०० जनाले मात्रै आईपिओ पाउने छन् ।
कूल निष्काशित ६४ लाख ५० हजार कित्ता आईपीओ कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । सो सुरक्षित गरिएको आईपिओ पश्चात बाँकी रहन आएको ५८ लाख ५ हजार कित्ता सर्वसाधारणलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटलका अनुसार आईपिओमा मेरो शेयर एपमार्फत र सि आश्वा सदस्यता प्राप्त (प्रायः सबै बैंकका शाखा) मार्फत भौतिक रुपमा उपस्थित भएर शेयर भर्न सकिने जनाएको छ ।



