रिलायन्स लाइफ कम्पनीको विभिन्न पदका लागि कर्मचारी माग
काठमाडौँ । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
कम्पनीले एक एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले १४ वटा शाखा र उपशाखाका लागि दक्ष तथा अनुभवी शाखा प्रमुख माग गरेको हो ।
कम्पनीले प्रदेश एकका सुरुङा, रंगेली, गौरदह, चैनपुर प्रदेश २ का लागि जलेव्श्रर महोत्तरी, बागमती प्रदेशका पाटन, हाकिमचोक भरतपुर गण्डकी प्रंदेश बिरौटा पोखरा लुम्बिनी प्रदेशको बर्दघाट नवलपरासी, सन्धिखर्क अर्धाखाँची, मणिग्राम बुटवल, भालुबाङ दाङ कर्णाली प्रदेशको श्रीनगर सल्यान र मेहलकुनाका लागि कर्मचारी माग गरेको हो ।
दक्ष तथा अनुभवि इच्छुकले सूचना प्रकाशन भएको सात दिन भित्र आफुले आवेदन दिन चाहेको शाखा र उपशाखा खुलाई इन्स्योरेन्सको इमेलमा पठाउन सक्ने कम्पनीले जनाएको छ ।



