जीवन विकास लघुवित्तले निष्काशन गरेको आइपीओमा १७ गुणा भन्दाबढीको आवेदन

तु खबर संवाददाता
२०७८ असार १६, बुधबार १८:११

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओमा १७ गुणा भन्दा बढीको आवेदन परेको छ ।

कम्पनीको आईपिओमा २० लाख ८७ हजार ३ सय २० जना आवेदकबाट ३ करोड १२ लाख ९९ हजार ४ सय १० कित्ताका लागि आवेदन परेको हो ।

माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको आईपिओ १ लाख ८४ हजार ८ सय जनाले मात्र पाउने छन् ।

कम्पनीले असार ११ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले १ सय मूल्य अंकित दरका १९ करोड ७७ लाख ३० हजार १९ लाख ७७ हजार ३ सय कित्ता शेयर निष्काशन गरेको हो ।

कम्पनीले रू १९ करोड ७७ लाख ३० हजार बराबरको १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीको जारी पूँजी रू ६० करोड ८४ लाख को ३२ दशमलव ५० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्न लागेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*