नागरिक कोष कार्यक्रमका सबै सहभागीलाई थप एक प्रतिशत प्रतिफल दिने

तु खबर संवाददाता
२०७८ असार १५, मंगलवार १५:०४

काठमाडौं । नागरिक लगानी कोषले कर्मचारी बचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई एक प्रतिशत थप प्रतिफल दिने भएको छ ।

कोषले सोही कार्यक्रमको संचित नाफाबाट सबै सहभागीलाई १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको हो ।

अवकाश कोष संचालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्था अनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो ।

कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार, यस प्रयोजनका लागि करिब १ अर्ब ३ करोड रुपैयाँ बराबर सहभागीलाई बितरण हुनेछ ।

यसबाट सहभागीहरुलाई विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना महामारीबाट पर्न गएको आर्थिक प्रभावलाई समेत केही मात्रामा सहयोग पुयाउने उद्देश्य लिएको जनाएको छ ।

उक्त प्रतिफल रकम सम्बन्धित सहभागीहरुको खातामा जम्मा गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*