नागरिक लगानी कोषको संस्थापक शेयर लिलामी बिक्री खुला
काठमाडौं । प्रिमियम इन्स्योरेन्स कम्पनी (नेपाल) को स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर लिलामीमा आजदेखि बिक्री खुला हुने भएको छ ।
नागरिक लगानी कोषको १ लाख कित्ता संस्थापक शेयर आज शुक्रबार देखि लिलामीमा बिक्री खुला हुने भएको हो ।
इच्छुक लगानीकर्ता अर्थात बीमा कम्पनी वा बैंक तथा वित्तीय संस्था कम्पनीले सो लिलामी शेयर खरिदका लागि असार १८ गतेसम्ममा गोप्य शिलबन्दी पेश गर्न सकिने कोषले जनाएको छ ।
आवेदकले सो शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको कोषले जनाएको छ ।
यस लिलामी शेयरको न्युनतम मूल्य १ हजार २ सय तोकिएको छ ।
बोलपत्र आवेदन फारम नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड र प्रिमियम इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको वेवसाइटबाट पनि डाउनलोड गर्न सकिन्छ ।



