थाहा नगरद्वारा ९५ करोड ६४ लाखको बजेट सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)

तु खबर संवाददाता
२०७८ असार १०,बिहीबार १७:०३

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि रु ९५ करोड ६४ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको छ ।

नगरपालिकाको बिहिबार बसेको ९ औं नगरसभामा उपमेयर खडेगबहादुर गोपालीले आगामी आवको लागि बजेट सार्वजनिक गरेका हुन् ।

उपमेगर गोपाललीले अन्तरिक स्रोततर्फ ११ करोड ८८ लाख ४५ हजार रुपैयाँ, राजश्व बाँडफाँड १६ करोड ५३ लाख ४५ हजार रुपैयाँ, संघीय सरकारबाट अनुदान ५७ करोड ५५ लाख रुपैयाँ र प्रदेश सरकारबाट अनुदान ५ करोड ६७ लाख ३४ हजार रुपैयााबाट उक्त बजेट विनियोजन जनाएका छन् ।

जसमध्ये आगामी आवको चालु खर्चतर्फ ८ करोड ५७ लाख ४५ हजार रुपैयाँ र पुँजीगत तर्फ ४२ करोड ७५ लाख ८१ हजार रुपैयाँ, सशर्त अनुदानतर्फ ३२ करोड ३१ लाख ६ हजार रुपैयाँ, सामाजिक सुरक्षातर्फ १२ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

थाहा नगरले बजेटमा शिक्षा, पूर्वाधार विकास, स्वास्थ्य चौकी निर्माण गर्ने, कोभिड–१९, नियमित दमका रोगीहरुलाई मध्येनजर गर्दै पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सिजन प्लान्ट स्थापना गर्ने र रोगजारीलाई बढी प्राथमिकता दिईएको छ ।

हेर्नुहोस् पूर्णपाठ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*