आज नेपाली बजारमा सुनको भाउ घट्यो
काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबारको तुलनामा आज सुन प्रतितोला २०० रुपैयाँले घटेको हो ।
भाउँ घटेसँगै बिहिबार सुन प्रतितोला २०० रुपैयाँले घट्दै ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ३०० रुपैयाँले घट्दै सुन ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको पनि भाउ घटेर ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
आज चाँदीको भाउ भने स्थिर रहेको छ । बुधबार चाँदी प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको थियो । आज पनि सोही मुल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
