एकैदिन ११ सय रुपैयाँले घट्यो सुनको भाउ, प्रतितोला कति पुग्यो ?

तु खबर संवाददाता
२०७८ असार ३, बिहीबार १३:०१
file-photo

काठमाडौं । नेपाली बजारमा बिहिबार सुनको भाउ घटेको छ । आज सुनको भाउ बुधबारको तुलनामा १ हजार १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहिबार सुन प्रतितोला एक हजार एक सय रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै बिहिबार सुन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य २० ले घटेर १ हजार ३ सय ४० रुपैयाँ खरीदविक्री भइरहेको महासंघले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*