यस्तो छ आज नेपाली बजारमा सुनचाँदीको भाउ

तु खबर संवाददाता
२०७८ असार २, बुधबार १२:४०
file-photo

काठमाडौं । नेपाली बजारमा आज बुधबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

भाउ घटेसँगै बजारमा आज छापावाल सुनको भाउ प्रतितोला ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज तेजाबी सुन पनि १०० रुपैयाँले घट्दै ९२ हजार ६०० रुपैयाँ कायम भएको छ ।

महासंघका अनुसार, बुधबार चाँदीको भाउ भने बढेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ५ रुपैयाँले बढेको हो । भाउ बढेसँगै आज चाँदी प्रतितोला एक हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*