कृष्णप्रसाद भट्टराई स्मृति सम्मेलन केन्द्र हेटौंडामा बनाउन संभाव्यता अध्ययन गरिने
हेटौंडा । बागमती प्रदेश सरकारले पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई स्मृति सम्मेलन केन्द्र निर्माणका लागि संभाव्यता अध्ययन गर्न रकम विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट प्रदेशसभामा प्रस्तुत गर्दै हेटौंडामा कृष्णप्रसाद भट्टराई स्मृति सम्मेलन केन्द्र निर्माण गरिने र सो कार्यका लागि आवश्यक संभाव्यता अध्ययन गर्न बजेट विनियोजन गरिएको जानकारी दिएका हुन् ।
त्यसैगरी सरकारले बागमती प्रदेशको राजधानी हेटौंडालाई सुविधासम्पन्न बनाउन सरकारी कार्यालयका भवनहरु, शिक्षा तथा स्वास्थ्य क्षेत्रका विकासका पूर्वाधार निर्माणका लागि ९७ करोड रकम विनियोजन गरेको छ ।
बजेट भाषणमार्फत् आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले सो कुराको जानकारी दिएका हुन् ।
