भीमफेदी कुलेखानी सुरुङमार्ग निर्माणका लागि ७५ करोड बजेट
हेटौंडा । बागमती प्रदेश सरकारले भीमफेदी कुलेखानी सुरुङमार्ग (पोष्टबहादुर बोगटी ) का लागि ७५ करोड रकम विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले आज बजेट भाषणमार्फत् सो सुरुङमार्ग निर्माणका लागि बजेट व्यवस्था गरेको जानकारी दिएका हुन् ।
आगामी आर्थिक वर्षबाट निर्माणकार्य सुरु गरिने मन्त्री ढुंगेलले बताएका छन् । संघीय सरकारको सह लगानीमा सो सुरुङमार्ग निर्माण हुने प्रदेश सरकारको बजेटमा उल्लेख छ । त्यसैगरी बागमती प्रदेश सरकारले पुष्पलाल चक्रपथ अन्तर्गतका सडकहरुलाई प्राथमिकतामा राखी प्रादेशिक सडक आयोजनाहरु कार्यान्वयन गर्न सरकारले १ अर्ब २९ करोड रकम विनियोजन गरेको छ ।
