बागमती प्रदेश सरकारद्वारा ५७ अर्वको बजेट सार्वजनिक (हेर्नुहोस् पूर्णपाठ)

तु खबर संवाददाता
२०७८ असार १, मंगलवार १८:१७

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक गरेको छ ।

बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको प्रदेशसभा बैठकमा प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले आव ०७८/०७९ को कुल ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट सार्वजनिक गरेका हुन् ।

प्रदेश सरकरले आगामी आर्थिक वर्षका लागि पूँजीगत तर्फ २९ अर्व ७० करोड ४३ लाख ४ हजार रुपैयाँ र चालुतर्फ २६ अर्व १ करोड ६६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि मात्रै २ अर्ब बजेट विनियोजना गरेको योजनामन्त्री ढुंगेलले बताए ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*