प्रदेश सरकारले चलाउने मिडियालाई १० करोड
हेटौंडा । बागमती प्रदेश सरकारको स्वामित्वमा रहने गरी सञ्चालन गर्ने आमसञ्चारका लागि १० करोड रकम बिनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले प्रदेश सरकारको स्वामित्वमा रही सञ्चालन हुने आमसञ्चारलाई १० करोड रकम बिनियोजन गरेको जनकारी दिएका हुन् ।
चालु आर्थिक वर्षमा पनि प्रदेश सरकार आफैले मिडिया सञ्चालन गर्ने प्रयास गरेको भएपनि विविध कारणले त्यो योजना सफल हुन सकेको थिएन ।
